रानीको ‘धेरै प्रश्न’मा पुष्प र सलिनाको प्रेममा लुकेको रहस्य

२० जेठ २०७९ १०:५५

गायिका रानी शाक्यको गायन यात्रा निरन्तर जारी छ । उनी हरेक प्रकारका गीतहरु गाउनमा अब्बल छिन् । उनै, रानीले ‘धेरै प्रश्न’ बोलको गीत सार्वजनिक गरेकी छिन् । गीतकार राजेश शाक्यको शब्दमा कल्याण सिंहले संगीत भरेका छन् ।

यो गीतले माया गरेको मान्छे जहाँ भएपनि उसको प्रतिक्षमा बाँच्नु निकै मिठो हुने भाव बोकेको छ । माया गरेको मान्छे जती टाढा भएपनि उसँग जोडिएका प्रश्नहरु नजिकै हुने मर्म गीतले बोल्छ ।

गीतको भिडियोलाई सफल चलचित्र निर्देशक दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । दीपेन्द्रले भिडियोलाई रहस्यमयी बनाएका छन् । जसलेगर्दा, दर्शकलाई भिडियो अन्तिमसम्म हेर्न कौतुहलता जाग्न सक्छ । भिडियोमा नायक पुष्प खड्का, मोडल सलिना खत्री र कलाकार कृष्ण सिवाकोटीलाई देख्न सकिन्छ ।

पुष्प र सलिनाको रहस्यमा रहेको प्रेमको कथामा भिडियो बगेको छ । भिडियोमा दीपेन्द्रकै कथा, कृष्ण भण्डारीको सम्पादन, वुद्ध थापाको छायांकन, निर्मला खत्रीको कोरियोग्राफी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *