अक्षयको ‘सम्राट पृथ्वीराज’लाई मिश्रित प्रतिक्रिया, हलमा ‘कबड्डी ४’कै वर्चस्व

२० जेठ २०७९ ९:४०

आजबाट रिलिजमा आएको बलिउडका सुपरस्टार नायक अक्षय कुमार अभिनित चलचित्र ‘सम्राट पृथ्वीराज’ले मिश्रित प्रतिक्रिया पाएको छ । विशेषगरि, भारतका अधिकांश समीक्षकहरुले यसलाई कमजोर चलचित्र भनेका छन् । केही समीक्षकले भने यसलाई राम्रो मानेका छन् ।

तर, चलचित्र रिलिज भएसँगै ट्विटरमा यसको औषत प्रतिक्रिया आइरहेको छ । २ सय करोडको बजेटमा बनेको यो चलचित्रलाई लगानी उठाउन नै धौ–धौ पर्ने देखिएको छ । चलचित्रमा अक्षय कुमार र मानुषी छिल्लर मुख्य भूमिकामा छन् ।

नेपालमा पनि आजबाट यो चलचित्र रिलिज भएको छ । तर, यो चलचित्र नेपाली दर्शकको पहिलो रोजाईमा भने पर्न सकेको छैन । दोश्रो हप्तामा रिलिज भैरहेको नेपाली चलचित्र ‘कबड्डी ४’लाई नै दर्शकले रुचाएका छन् । यसैले, दोश्रो साताको शुक्रबार पनि चलचित्रको व्यापार बम्पर छ । अधिकांश मल्टिप्लेक्समा टिकट शोल्ड आउट भएका छन् ।

नेपाली चलचित्र उत्कृष्ट बनाउने हो र त्यसलाई ब्रान्डिङ गर्न सक्ने हो भने विदेशी चलचित्र र स्टारहरुले पनि खासै असर गर्न सक्दैनन् भन्ने उदाहरण रामबाबु निर्देशित चलचित्र बनेको छ । यो चलचित्रले दोश्रो सातामा सर्वाधिक कमाई गर्ने नेपाली चलचित्रको रेकर्ड बनाउने निश्चित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *