साम्राज्ञीले फेरि रोजिन् नयाँ नायक, निश्चलसँग रोमान्स गर्दै

२० जेठ २०७९ ८:२८

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले पहिलो चलचित्रमा नायक अनमोल केसीसँग काम गरिन् । तर, अनमोलसँग काम गरेको चलचित्र ‘ड्रिम्स’ले बक्स अफिसमा ब्लकबस्टर व्यापार गरेपछि साम्राज्ञी दोश्रो चलचित्रबाट भने नयाँ नायकहरुसँग काम गर्न उत्साहित हुन थालिन् । आफूले स्टार जन्माउने भन्दै उनका बयानहरु फेरिन थाले ।

तर, साम्राज्ञीको दोश्रो चलचित्र ‘ए मेरो हजुर २’पछि बक्स अफिसमा हिट चलचित्र देखिएका छैनन् । तर, उनले सलिनमान बनियाँ, धिरज मगर जस्ता नयाँ नायकहरुसँग काम गरेकी छिन् । उनै, साम्राज्ञीले आफ्नो नयाँ चलचित्र ‘लण्डन टू पेरिस’मा पनि नयाँ नायकसँग काम गर्ने भएकी छिन् ।

यो चलचित्रमा साम्राज्ञीसँग नव–अनुहार निश्चल खड्काले काम गर्ने पक्का भएको छ । निर्देशक घनश्याम लामिछानेका अनुसार, पुराना नायकहरुको समय नै पाउन गाह्रो भएपछि नयाँ अनुहारमा उनको ध्यान गएको हो । तर, नयाँ अनुहारहरुले काममा बढी ध्यान दिने भएकाले सहज हुने उनको तर्क छ ।

यो चलचित्रमा नायक कविर खड्काको जोडीको रुपमा भने मोडल गरिमा शर्माले काम गर्दैछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *