पल शाहलाई थुनामै राख्न उच्च अदालतको आदेश(भिडियो)

१९ जेठ २०७९ १३:४८

यसअगाडि जिल्ला अदालत, तनहुँले थुनामै राख्न दिएको आदेशलाई निरन्तरता दिदै उच्च अदालत, पोखराले पनि पललाई थुनामै राख्न आदेश दिएको छ । पलका वकिलले जिल्लाको आदेशलाई उल्टाएर पललाई बाहिर बसेरै मुद्दा लड्न पाउने गरि साधारण तारेखमा छाड्न माग गर्दै उच्च अदालतमा पुनरावेदन दिएका थिए ।

पललाई जिल्ला अदालत, तनहुँले थुनामै राख्न आदेश दिएको थियो । अदालतको आदेशविरुद्ध पलका वकिलले उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए ।

आजै पलका तर्फबाट ५ जना र नाबालिकाको तर्फबाट एक जना सरकारी वकिलले बहस गरेका थिए । बहस सकिएपछि न्यायधिसले पललाई थुनामै राख्न आदेश दिएका हुन् ।

एक नाबालिका गायिकाका पिताले पलले आफ्नी छोरीलाई जर्बजस्ती करणी गरेको आरोप लगाउँदै जिल्ला अदालत, तनहुँमा किटानी जाहेरी दिएका थिए । किटानी जाहेरी दिएको ४ दिनपछि पलले तनहुँ प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए ।

जिल्ला अदातल, तनहुँले पललाई थुनामा राखेर मुद्दा अगाडि बढाउन आदेश दिएपछि उनलाई दमौलीको कारागारमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *