के आज पलको पक्षमा आउला फैसला ?

१९ जेठ २०७९ १२:४६

जिल्ला अदालत तनहुँले थुनामा राख्न दिएको आदेश विरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दिएका नायक पल शाहको बहस सकिएको छ । आज भएको सुनुवाइमा शाहको तर्फबाट पाँच जना र पीडितको तर्फबाट उच्च सरकारी वकिलको कार्यलयबाट एकजना सरकारी वकिलले बहस गरेका थिए ।

यसअघि पीडितको तर्फबाट दर्जनौ कानून व्यवसायीहरुले बहस गरेका थिए । तर, पीडितले बयान फेरेरसँगै उनीहरु सबैले मुद्दाबाट हात झिकिसकेका छन् । बहस सकिएलगतै आजै न्यायधिसले पललाई तारेखमा रिहा गर्ने वा थुनामै राखेर अनुसन्धान गर्ने भन्ने बिषयमा फैसला सुनाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *