रवि र बेनिशाको स्वरमा ‘सुन माया’ सार्वजनिक

१९ जेठ २०७९ १०:४३
गायक रवि ओड र गायिका बेनिशा पौडेलको आवाजमा रहेको ‘सुन माया’ बोलको रोमान्टिक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा गोविन्द भट्टको शब्द तथा संगीत रहेको छ भने विशाल निरौलाको एरेञ्ज छ ।
गरिमा फिल्मस्ले तयार पारेको भिडियोलाई देवेन्द्र पान्डेले निर्देशन गरेका हुन् । भिडियोमा कलाकारहरु शुभम आचार्य र योगिशा खत्री फिचर छन् । भिडियोमा उनीहरुबीचको टिनएज प्रेमलाई देखाइएको छ ।  भिडियोमा नवराज उप्रेतीको छायांकन र विकास दाहालको सम्पादन छ ।
निर्देशक पान्डेले गीतकार भट्टको योजना मन परेपछि भिडियोमा टिनएजका युवा-युवतीलाई अभिनय गराउन आफू पनि तयार भएको बताए । ‘गीतको अडियो सुनेपछि मेरो दिमागमा चकलेटी अनुहारका कलाकार आएको थियो । तर, गोविन्द भट्टले टिनएजका युवा-युवतीलाई अभिनय गराउने प्रस्ताव राखेपछि हामीले सुभम र योगिशालाई छनौट गर्यौं । छायांकनमा उहाँहरुलाई काम गराउन अनुभवीलाई भन्दा सजिलो भयो,’ उनले भने । पान्डेले आफ्ना हरेक भिडियोमा केहि न केहि नयांपन देखाउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *