‘आँधी तुफान २’को गीतमा गोवामा बोल्ड बने ३ सुन्दरी

१९ जेठ २०७९ ९:४९

मौनता श्रेष्ठको लेखन तथा निर्माणमा तयार भएको चलचित्र ‘आँधी तुफान २’को शिर्ष गीत सार्वजनिक गरिएको छ । सुवानी मोक्तानको स्वर, सुरेश अधिकारीको संगीत र हरि उप्रेतीको शब्दमा यो गीत तयार भएको छ । अवी वाग्लेले गीतको भिडियोको कोरियोग्राफी गरेका छन् । भारतको पर्यटकिय स्थल गोवामा खिचिएको भिडियोमा चलचित्रका मुख्य ३ नायिकाहरुको बोल्ड अवतार देख्न सकिन्छ ।

आरती आचार्य, यांशु श्रेष्ठ र सोनी बिसी गीतको भिडियोमा बोल्ड बनेका छन् । मदन घिमिरेको निर्देशनमा तयार भएको यो चलचित्रले ३ यूवतीको कथा भन्छ ।

मौनता श्रेष्ठको कथा, पटकथा, संवाद रहेको चलचित्रको गीतले दर्शकको प्रतिक्षा बढाउने अपेक्षा गरिएको छ । साउनको २० गतेबाट यो चलचित्र देशभर रिलिज हुँदैछ । वि.सं २०६० सालमा निर्माण भएको ‘आँधी तुफान’ बक्स अफिसमा हिट भएको थियो । मौनताले यसको सिरिज बनाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *