फुर्वालाई माफी दिएपछि मिरुनाको तर्क–‘चुपचाप दुःख नसहनुहोस्’(भिडियो)

१९ जेठ २०७९ ९:३६

नायिका मिरुना मगरले फुर्वा तामाङ नाम गरेका यूवकलाई माफी दिएपछि आफ्नो भनाई सार्वजनिक गरेकी छिन् । आज सामाजिक संजालमा स्टाटस कोर्दै मिरुनाले चुपचाप दुःख सहने काम नगर्न सबैलाई अपिल पनि गरेकी छिन् ।

मिरुनाले फुर्वाले जेठको १५ गते आफूलाई अनुचित तरिकाले छोएको र यो अभद्र व्यवहारका लागि निःस्वार्थ रुपमा माफी मागेको भन्दै आफूले पनि माफी दिएको बताएकी छिन् । साथै, उनले आफ्नो यो कदम कुनै पनि धर्म र समाजविरुद्ध नभएको पनि स्पष्ट पारेकी छिन् । तर, मिरुनाले गलतको विरुद्धमा सधै लड्नका लागि आग्रह पनि गरेकी छिन् । उनले, सही कुराका लागि कुनै पनि समय गलत नहुने पनि बताएकी छिन् ।

अहिलेको दिन जती नै कठिन भएपनि भोली परिवर्तन अवश्य पनि हुनेछ भन्ने आशा समेत मिरुनाले राखेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *