बिहेबारे रेखा भन्छिन्–‘मेरो कदमले समाजलाई असर पर्नु हुँदैन’(भिडियो)

१८ जेठ २०७९ १३:०७

नायिका रेखा थापाले कानुनी रुपमा बिहे गरिन् । उनको बिहेको खबर पनि अदालतबाट मात्र बाहिरिएको थियो । रेखाले कानुनी रुपमा बिहे गरेको खबर बाहिरिदै गर्दा, धेरैलाई लागेको थियो उनले अन्य केही नायिकाले जस्तै भव्य रुपमा बिहे गर्नेछिन् । तर, रेखाले बिहेलाई सामान्य तरिकाले नै सकिन् ।

यो बिषयमा रेखा भन्छिन्–‘म सामाजिक क्रान्तीमा होमिएको मान्छे हुँ । म जस्तै छोरी भएको आमाका पीडा के होला भन्ने मैले वुझ्नुपर्छ । हामी समाजिक प्राणी हौं भने मेरो कदमले समाजलाई कस्तो असर पर्छ भन्ने पनि मैले वुझ्नुपर्छ ।’

रेखाले अगाडि भनिन्–‘मैले भव्य तरिकाले बिहे गर्दा कुनै यूवतीले मेरो जस्तै बिहे गर्न खोजिन् तर उनको परिवारले सकेन भने के हुन्छ । म देशका विभिन्न स्थानमा पुग्दा, नायिकाहरुको नै सिको गर्दै बिहे गर्न खोज्ने यूवतीहरु भेटे । छोरीले भव्य तरिकाले बिहे गर्छु भनेकी छे, जग्गा राखेर गरिदिनुपर्ला भन्ने आमाहरु भेटेकी छु । बिहे भनेको २ परिवारविचको हुनुपर्छ ।’

उनले, आफूले सबैबाट शुभकामना पाएको भन्दै बिहेपछिको जीवनमा खुशी रहेको बताइन् । रेखाले, बिहेपछि जीवन परिवर्तन हुँदोरहेछ भन्ने समेत आफूले वुझेको बताइन् । बिहेपछि छुट्टै शक्ति मिल्ने तर्क रेखाको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *