कंगनाको ‘धाकड’को जम्मा ४२ सयको टिकट बिक्यो

१८ जेठ २०७९ १२:५१

बलिउड नायिका कंगना रनावत अभिनित चलचित्र ‘धाकड’ले बक्स अफिसमा पानी पनि भन्न पाएन । सय करोडमा बनेको भनिएको यो चलचित्रले १० करोड पनि कमाएन । जबकी, यही चलचित्रका लागि कंगनाले २० करोड पारिश्रमिक लिएकी थिइन् ।

रोचक कुरा त के छ भने, यो चलचित्र रिलिज भएको आठौं दिनमा यसको जम्मा २० वटा टिकट विक्री भएको थियो । भारतभर जम्मा २० वटा टिकट विक्री भएको चलचित्रले आठौ दिनमा ४ हजार ४२० रुपैयाँ कमाएको भारतीय मिडियाले बताएका छन् ।

बक्स अफिसमा निरन्तर आठौ चलचित्र असफल दिएकी कंगनाको स्टारडम कमजोर बनेको यसबाट पनि पुष्टी हुन्छ । कंगनाले यो चलचित्रको प्रचार जोडतोडका साथ गरेकी थिइन् ।

चलचित्रमा उनलाई एक्सन अवतारमा देखाइएको थियो । तर, विवादित बयानका कारण निरन्तर चर्चामा आएकी कंगनाको चलचित्रलाई भने दर्शकले रुचाउन छाडेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *