‘कबड्डी ४’: एक सातामै १५ करोड

१८ जेठ २०७९ ११:३५

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘कबड्डी ४’ले आफ्नो रेकर्डतोड कमाईलाई निरन्तरता दिइरहेको छ । वितरक मनोज राठीका अनुसार, यो चलचित्रले मंगलबारसम्म १२ करोडको व्यापार गरेको छ । ३ दिनमै साढे ८ करोड माथिको व्यापार गरेको चलचित्रले सोमबार र मंगलबार पनि डेढ करोडको हारहारीमा व्यापार गरेको वितरकको दाबी छ ।

वितरक राठीका अनुसार, चलचित्रले एक सातामा १५ करोडको व्यापार गर्ने संभावना छ । दर्शकको चाप हलमा नघटेको कारणले पनि यो चलचित्रको व्यापारमा उछाल देखिएको हो । अर्कोतिर, मल्टिप्लेक्समा अहिलेसम्मकै उच्च शो पाएकाले पनि यो चलचित्रको बम्पर कारोबार संभव भएको हो ।

यो चलचित्रले ‘छक्का पन्जा ३’ले बनाएको १६ करोडको आँकडा सहजै पार गर्ने देखिएको छ । चलचित्रको तेश्रो सिरिजले पनि ११ करोड माथिको व्यापार गरेको दाबी निर्माताको थियो । नेपाली चलचित्रले एक सातामै १५ करोडको व्यापार गर्न सक्छन् भन्ने सन्देश समेत चलचित्रले दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *