फुर्वाले मिरुनासँग गल्ती स्विकारेपछि सकियो ‘कबड्डी ४’को बिबाद (भिडियो रिपोर्टसहित)

१७ जेठ २०७९ १४:०२

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘कबड्डी ४’को विवाद सकिएको छ । नायिका मिरुना मगरले आइतबार फुर्वा तामाङ नाम गरेका एक दर्शकलाई आफूमाथि ‘ब्याड टच’ गरेको भन्दै थप्पड हानेकी थिइन् । साथै, मिरुनाले मौखिक उजुरी दिएपछि प्रहरीले फुर्वालाई आइतबार नै पक्राउ गरेर आज छाडेको थियो ।

फुर्वा पक्राउ परेसँगै काठमाडौंको चलचित्र विकास बोर्ड, के एल टावर अगाडि प्रदर्शन समते भएको थियो । फुर्वाको रिहाई र मिरुना मगरले माफी माग्नुपर्ने माग राख्दै प्रदर्शन समेत भयो ।

यसैविच, आज बेलुका मात्र चलचित्रको टिम र फुर्वा शेर्पाविच सहमती जुटेको छ । नायिका मिरुना मगरसमक्ष फुर्वाले गल्ती स्विकार गर्दै माफी मागेका छन् भने मिरुनाले पनि भाई संझिएर माफी दिएको बताएकी छिन् ।

दुबै पक्षविच भएको सहमतीमा अब यो घटनालाई अगाडि नबढाउने र एक अर्काको बारेमा बयानबाजी नगर्ने सहमती भएको छ ।

योसँगै ‘कबड्डी ४’को बिबाद सकिएको छ । शुक्रबारदेखि रिलिज भएको चलचित्रले बम्पर कारोबार गरिरहेको छ । आज के.एल टावरमा रहेको एफक्यूब हल परिसरमा टाँसिएको चलचित्रको फ्लेक्स समेत केही मानिसहरुले च्यातिदिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *