युद्धमा हराएको पिता खोजिरहेको यूवाको कथामा प्रदीपको ‘प्रकाश’

१७ जेठ २०७९ १०:५८

भदौ १० गतेबाट रिलिज हुने चलचित्र ‘प्रकाश’को टिजर सार्वजनिक भएको छ । दिनेश राउतको निर्देशनमा तयार भएको चलचित्रको टिजरमा नायक प्रदिप खड्का र कलाकार दिया मास्केलाई देखाइएको छ ।

माओवादी जनयुद्धका क्रममा हराएका आफ्ना पिताको खोजी गरिरहेको एक यूवा र उसकी आमाको कथा ‘प्रकाश’ हो । साथै, यो चलचित्रले सरकारी स्कुलको शिक्षक बन्न एक यूवाले गरेको संघर्षलाई पनि पर्दामा उतारेको छ ।

विकास सुवेदीको लेखन रहेको यो चलचित्रको टिजरमा प्रदिप र दियाको भूमिका शशक्त देखिएको छ । कर्णालीको परिवेशमा खिचिएको चलचित्रमा प्रदिप र दियाका अलवा रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतका कलाकारको मुख्य भूमिका छ ।

बिनिस इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, ताराप्रकाश लिम्बु र एलिस कार्कीको संगीत छ । महेन्द्र अधिकारीको लगानीमा यो चलचित्र निर्माण भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *