मिरुनालाई अभद्र व्यवहारको आरोप खेपेका फुर्वा रिहा

१७ जेठ २०७९ ८:१५

नायिका मिरुना मगरको उजुरीपछि पक्राउ परेका भिक्षु फुर्वा लामा रिहा भएका छन् । उनलाई मंगलबार प्रहरीले रिहा गरेको हो । जिल्ला प्रशासन कार्यलयले फुर्वालाई रिहा गरेको प्रहरीले बताएको छ । फुर्वाले आफूलाई सार्वजनिक स्थलमा अभद्र व्यवहार गर्दै जथाभावी छोएको आरोप लगाउँदै नायिका मिरुना मगरले मौखिक उजुरी दिएकी थिइन् ।

आइतबार चलचित्र ‘कबड्डी ४’को बिषयमा दर्शकसँग साक्षात्कार गर्न जाने क्रममा फुर्वाले आफूमाथि अभद्र व्यवहार गरेको मिरुनाको आरोप थियो । मिरुनाले फुर्वालाई हलमै थप्पड समेत हानेकी थिइन् ।

फुर्वाको रिहाईको माग गर्दै आज बिहानदैखि काठमाडौंको चाबहिल, चलचित्र विकास बोर्ड लगायतका स्थानमा प्रदर्शन समेत भएको थियो ।

तस्वीरः अनुप भट्टराई

Leave a Reply

Your email address will not be published. Required fields are marked *