आमिरको ‘लाल सिंह चड्डा’को ट्रेलरलाई मिश्रित प्रतिक्रिया

१७ जेठ २०७९ ७:५७

नायक आमिर खानको मुख्य भूमिका रहेको चलचित्र ‘लाल सिंह चड्डा’को ट्रेलरले युट्युबमा नयाँ रेकर्ड बनाइरहेको छ । यो चलचित्रको ट्रेलरलाई आमिरले आइपीएल फाइनलको दिन अर्थात मे २९ मा सार्वजनिक गरेका थिए । यो चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै सामाजिक संजालमा विभिन्न किसिमका प्रतिक्रिया आइरहेको छ । चलचित्रको ट्रेलरले मिश्रित प्रतिक्रिया पाएको छ ।

तर, सामाजिक संजालमा भने यो चलचित्रको ट्रेलरले रेकर्ड नै तोडेको छ । सार्वजनिक भएको २४ घन्टामा विभिन्न प्लेटफर्मबाट चलचित्रको ट्रेलरलाई ६ करोड २० लाख पटक हेरिएको छ ।

अद्धैत चन्दनको निर्देशनमा तयार भएको यो चलचित्रले एक बालकको कथा भन्छ । सानैमा खुट्टा कमजोर भएपनि बेजोड दौडने यूवकको कथामा चलचित्र बनेको छ ।

चलचित्र अगष्ट ११ तारिखबाट विश्वभर रिलिज हुँदैछ । यो चलचित्रको छायांकन भारतका सय भन्दा बढी स्थानमा गरिएको छ । चलचित्रमा नायिका करिना कपुरको पनि मुख्य भूमिका छ । चलचित्रमा आमिर विभिन्न अवतारमा देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *