रणवीर र रश्मीकासँग फिल्म खेल्न आउँदो महिना मुम्बई जाँदै विपिन

१७ जेठ २०७९ ७:१९

नायक विपिन कार्कीले बलिउडका सर्वाधिक चर्चित नायक रणवीर कपुरसँग चलचित्र खेल्दैछन् । रणवीर कपुर र नायिका रश्मीका मन्दन्नाको मुख्य भूमिका रहने चलचित्र ‘एनीमल’मा नेपाली कलाकार विपिन कार्कीको पनि अभिनय रहनेछ । यो चलचित्रको तयारीका लागि विपिन आउँदो महिना मुम्बई जाने तयारीमा छन् ।

विपिनका अनुसार, यो चलचित्रको तयारीका लागि उनी मुम्बई जान लागेका हुन् । विपिनको छायांकन भने अगष्ट महिनामा हुनेछ । यसैबिच, यो चलचित्रको निर्माण टिमले आइएमडीबी अकाउन्टमा समेत विपिनको नाम मुख्य कलाकारको रुपमा उल्लेख गरिसकेको छ ।

विपिनले आफूले चलचित्रको कथा प्राप्त गरेको र आफ्नो भूमिका बलियो भएको बताएका छन् । यो चलचित्रलाई सन्दिप रेड्डीले निर्देशन गर्दैछन् । विपिन केही हप्तादेखि चलचित्र ‘के घर के डेरा’को छायांकन गरिरहेका छन् । यो चलचित्रको छायांकन सकिएपछि विपिन मुम्बई जाँदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *