‘गन्तव्य’बाट सुरक्षाले बनाइन् एक्सन लेडीको छवि

१७ जेठ २०७९ ७:०४

आफूलाई भर्सटायल नायिकाको रुपमा परिचित गराइसकेकी सुरक्षा पन्त अभिनित ‘गन्तव्य’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । यो भिडियोमा नायिका सुरक्षा पन्तको एक्सन अवतार देख्न सकिन्छ । पैसाका लागि आफ्नै प्रेमीले बेचेपछि एक यूवतीले लिएको बदलाको कथामा यो भिडियो तयार पारिएको छ ।

आरके खत्रीको स्वर रहेको गीतमा सुर्य अधिकारीको र्याप छ भने संगीत पनि खत्रीकै छ । गीतमा आरके र सुर्यको शब्द छ । भिडियोमा सुरक्षालाई मोडल निराजन प्रधानले साथ दिएका छन् । उनीहरुको रोमान्स र एक्सनले भिडियोलाई बेजोड बनाएको छ ।

हरि हुमागाँइको निर्देशनमा तयार भएको यो भिडियोमा शंकर महर्जनको एक्सन, उत्तम हुमागाँई र राजेन्द्र हुमागाँइको छायांकन छ । गीत सार्वजनिक कार्यक्रममा बोल्दै नायिका सुरक्षा पन्तले फरक कन्सेप्टमा काम गर्न पाउने लोभले आफूले भिडियो खेलेको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *