मिरुना मगर विरुद्ध प्रदर्शन, ‘कबड्डी ४’को पोष्टर जलाइयो(भिडियो)

१७ जेठ २०७९ ६:४०

आइतबार चलचित्र ‘कबड्डी ४’को बिषयमा दर्शकको प्रतिक्रिया वुझ्न सिभिल मलमा पुगेकी नायिका मिरुना मगरले एक दर्शकमाथि आफूलाई अभद्र व्यवहार गरेको भन्दै थप्पड हानिन् । मिरुनाले थप्पड हानेपछि उनलाई प्रहरीको जिम्मा समेत लगाइन् । मिरुनाको उजुरीपछि प्रहरीले मुगुका फुर्वा लामालाई पक्राउ गरेर हिरासतमा राखेको छ ।

फुर्वाले आफूलाई बारम्बार छोएको भन्दै मिरुनाले थप्पड हानेकी थिइन् । चलचित्र हेर्न दर्शकको अत्याधिक भिड भएको समयमा मिरुनाले आफूमाथि अभद्र व्यवहार भएको तर्क गरेकी छिन् । तर, फुर्वाले गल्ती नै नगरि उनलाई पक्राउ गरिएको भन्दै आज काठमाडौंको चाबहिलस्थित के.एल टावरमा विरोध प्रदर्शन भएको छ ।

फुर्वाका समर्थहरुकले उनलाई तत्काल रिहा गर्नुपर्ने, चलचित्रको प्रदर्शन रोक्नुपर्ने, मिरुनाले माफी माग्नुपर्ने माग राखेका छन् । उनीहरुले, ‘मिरुना मगर मुर्दाबाद’को नारा समेत लगाएका छन् । उनीहरुले फुर्वा रिहा नभएसम्म र मिरुनाले माफी नमागेसम्म विरोध नरोकिने बताएका छन् । यस्तै, के.एल टावरसँगै अन्य केही हलमा पनि विरोध र्याली गर्ने तयारी गरिएको छ ।

फुर्वाको पक्षमा उर्लिएको आक्रोशित भीडले चलचित्रको पोष्टर समेत च्यातेको छ । यो बिषयमा चलचित्रको निर्माणपक्षले अहिलेसम्म केही पनि बोलेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *