कस्तो होला नीशा, बुद्दि र बिजयको ‘आँखा’ ?(भिडियो)

१६ जेठ २०७९ १४:२०

‘आँखा’ नाममा चलचित्र बन्ने भएको छ । आज आयोजना भएको पत्रकार सम्मेलनमा चलचित्रको घोषणा गरिएको छ । जौन योञ्जनको निर्देशनमा यो चलचित्र बन्नेछ । लामा सिनेमाले निर्माण गर्ने चलचित्रमा आरके मेहत्ता, अस्मिता लामिछाने, नीशा अधिकारी, वुद्दि तामाङ, बिजय बराल, सरोज खनाल, राजन खतिवडा, प्रविण खतिवडा, लुनिभा तुलाधर लगायतका कलाकारको अभिनय रहनेछ ।

निर्देशक योञ्जनका अनुसार, यो चलचित्रले समाजको एक पाटोको यथार्थता बोल्ने बताए । नायिका निशा अधिकारीले आफूले पछिल्ला बर्षमा नयाँ सोच र क्रियशन भएका टिमसँग काम गर्न पाएको भन्दै खुशी व्यक्त गरिन् ।

आकोश शुक्लाको छायांकन रहने चलचित्रमा दिपक आरजेको संगीत, रेवन्तविक्रम थापाको एक्सन रहनेछ । यो चलचित्रलाई आउँदो बर्ष रिलिज गर्ने सोच निर्माणपक्षको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *