फिल्म हलमा मिरुनामाथि अभद्र व्यवहार(भिडियो रिपोर्ट)

१६ जेठ २०७९ १४:१३

नायिका मिरुना मगरले चलचित्र ‘कबड्डी ४’को हल भ्रमणका क्रममा आफूमाथि अभद्र व्यवहार भएपछि प्रहरीमा उजुरी दिएकी छिन् । प्रहरीले मिरुनाले दिएको उजुरीका आधारमा फुर्वा लामालाई पक्राउ गरेको छ । उनलाई हिरासतमा लिएर प्रहरीले अनुसन्धान अगाडि बढाइरहेको छ ।

आइतबार चलचित्रको प्रतिक्रिया वुझ्न कलाकारहरुसँगै मिरुना हलमा पुगेकी थिइन् । तर, फुर्वाले मिरुनालाई पछाडिबाट बारम्बार अभद्र व्यवहार देखाएका थिए । मिरुनाले फुर्वालाई थप्पड समेत हानेकी छिन् । सार्वजनिक भएको भिडियोमा फुर्वाले कान समातेर माफी मागेको देखिन्छ ।

मिरुनाले अब आइन्दा यस्तो कसैलाई पनि नगर्न चेतावनी समेत दिएकी छिन् । हल भ्रमणका लागि गएका चलचित्रका अरु कलाकारले पनि फुर्वालाई चेतावनी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *