सुरक्षालाई कती हतार ?

१६ जेठ २०७९ १४:०४

हतार त कलाकारलाई हुने नै भयो । तर, कुनै कार्यक्रममा पुग्दा केही समय लिएर जानु पर्ने होनी । सोमबार आयोजना भएको एक म्युजिक भिडियो रिलिज कार्यक्रममा नायिका सुरक्षा पन्त आउने भनेर खुबै प्रचार गरियो । अझ, कान्स फिल्म फेस्टिभलमा सहभागी भएकी नायिका भनेर संचारकर्मीलाई सन्देश पठाइयो ।

सुरक्षा पनि कान्समा पुगेर फर्किएपछि पहिलो पटक मिडियासामु उपस्थित हुन लागेकाले धेरैका लागि उनको कुरा चासोमा थियो । तर, ‘के घर के डेरा’को छायांकनबाट चलचित्र विकास बोर्डको हलमा आयोजित कार्यक्रममा पुगेकी सुरक्षा हलमा आधा घन्टा पनि बसिनन् । मिडियासँग कुरा गर्न आफूलाई नपाएको भन्दै उनले चाडै नै मिडियाका लागि समय छुट्याउने तर्क गरिन् । यतिसम्म कि, सुरक्षाले अरु कलाकारको कुरा सुन्न पनि भ्याइनन् ।

गीत रिलिजको कार्यक्रमका लागि समय छुट्याएर सुरक्षा आइदिएको भए उनको कुरा सुन्न कुरिरहेका पत्रकारहरुलाई पनि सहज हुने थियो । तर, गीत रिलिजका लागि निमन्त्रणा गरिएको म्यासेजमा कान्समा गएकी नायिका भनेर हाइलाइट गरिएको थियो । तर, सुरक्षाले आधा घन्टा पनि समय नदिदा मिडियाकर्मी त हिस्स बन्ने नै भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *