‘सिल्ली फो’को गीतमा ‘ए दिल’ भन्दै नाँचिन् केकी

१५ जेठ २०७९ ९:३२

राजबहादुर सानेको निर्देशनमा तयार भएको चलचित्र ‘सिल्ली फो’को ‘ए दिल तँ बोल बोल’ बोलको गीत सार्वजनिक गरिएको छ । पुरुषोत्तम न्यौपानेको संगीत, दिनेश सुवेदीको शब्द रहेको यो गीतमा रचना रिमाल र पुरुषोत्तमको स्वर छ ।

यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु केकी अधिकारी, धिरन शाक्य, रविन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मीलाई देख्न सकिन्छ ।

असार ३१ गतेबाट रिलिज हुने यो चलचित्र कमेडी जनरामा तयार भएको छ । मनोज डीके निर्माता रहेको यो चलचित्रमा विशाल श्रेष्ठ सह–निर्माता छन् । चलचित्रमा दिव्य सुवेदी, विरेन्द्र परियार र नरेन्द्र आलेको छायांकन, देव महर्जनको एक्सन, शिव विकको कोरियोग्राफी, पुरुषोत्तम न्यौपानेको संगीत, तारा थापाको सम्पादन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *