करणको पार्टीमा रश्मीका हिड्न नजानेपछि…

१५ जेठ २०७९ ९:२४

साउथकी हिट नायिका रश्मीका मन्दन्ना बलिउडमा पनि आफ्नो पाइला चालिरहेकी छिन् । यसैले, उनको सम्बन्ध बलिउडका स्टार कलाकार, निर्माता, निर्देशकसँग पनि राम्रो बनिरहेको छ । उनै, रश्मीका निर्माता करण जोहरले आयोजना गरेको बर्थ डे पार्टीमा पुगेकी थिइन् । करणको जन्मदिनको सेलिव्रेशनमा पुगेकी रश्मीकाको पहिरनको भने निक्कै चर्चा भैरहेको छ ।

हट पहिरन र हाई हिलमा पुगेकी रश्मीका हिड्न नजानेको भन्दै उनको ट्रोल भैरहेको छ । पहिरनमा सहज नभएपछि किन हिडेको भन्दै उनको ट्रोल भएको हो ।

चलचित्रको पर्दामा निक्कै साधारण भूमिकामा देखिने गरि रश्मीका सार्वजनिक कार्यक्रममा भने हट पहिरनमा देखिने गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *