नयाँ पुस्ताका कलाकारले जग बलियो बनाउन सकेनन्ः नम्रता(भिडियो कुराकानी)

१५ जेठ २०७९ ८:३९

नायिका नम्रता सापकोटा स्पष्ट बोल्छिन् । उनी, चलचित्र क्षेत्र होस् या समाजका हरेक क्षेत्रमा देखिएका विसंगती र कमजोरीको बिषयमा स्पष्ट बोल्न डराउँदिनन् । उनै, नम्रताले नयाँ पुस्ताका कलाकारले जग बलियो नबनाई माथि–माथि मात्र रंग भर्दै गएको तर्क गरेकी छिन् ।

नम्रताले हिट नेपालसँग भनिन्–‘नयाँ पुस्ताका कलाकारहरुलाई चाडै हिट हुने लोभ छ । यसका लागि जग बलियो बनाउन भन्दा पनि माथि माथि रंग भर्दै जाने बानी परेको छ । तर, जग बलियो बनाएन भने करिअर अगाडि जान सक्दैन ।’
उनले, अहिलेका कलाकारहरुमा एकले अर्काको कामको सम्मान गर्ने बानी समेत नभएको तर्क गरिन् ।

भनिन्–‘अहिले एकले अर्कालाई साथ दिने, अरुको सफलतामा रमाउने बानी छैन । सबैजना भाइरलको पछि लागेका छन् । भाइरल त एकछिन आउँछ सकिन्छ ।’

नम्रताले आजको दिनमा आफूले जग बलियो बनाएकै कारण सानातिना आलोचना र टिप्पणीले नडराउने पनि तर्क गरिन् । उनले, यो शैली आफूले सिनियर कलाकारहरुबाट सिकेको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *