‘कबड्डी ४’ चल्दा मिरुनालाई ठूलो राहत

१५ जेठ २०७९ ६:५५

नेपाली चलचित्र ‘लालपूर्जा’बाट रजतपटमा प्रवेश गरेकी नायिका मिरुना मगरले निरन्तर असफल चलचित्र दिइन् । निरन्तर असफल चलचित्रका कारण मिरुनालाई यो क्षेत्रमा जम्न नै समस्या परिरहेको थियो । मिरुनाको ‘च च हुँई, सन्तान’ लगायतका चलचित्र रिलिज भए । यी चलचित्रले व्यवसायिक रुपमा असफलता हात पारेपछि मिरुनालाई पनि समस्या भयो ।

तर, शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘कबड्डी ४’ले २ दिनमै बम्पर व्यापार गर्दै निर्माताको लगानी सुरक्षित गरेपछि भने मिरुनाको करिअर पनि चम्किएको छ । यो चलचित्रले २ दिनमा करिब ६ करोडको ग्रस कलेक्शन गरेको वितरकको दाबी छ ।

चलचित्र ‘कबड्डी ४’ मिरुनाको करिअरकै हालसम्मको सर्वाधिक कमाई गर्ने चलचित्र बन्ने निश्चित छ । यसले, आगामी दिनमा करिअर अगाडि बढाउन मिरुनालाई सहज हुने देखिएको छ ।रामबाबु गुरुङको निर्देशनमा तयार भएको यो चलचित्रको व्यापारले निरन्तर असफल चलचित्र दिइरहेका नायकद्धय दयाहाङ राई र सौगात मल्लको करिअरमा पनि ठूलो राहत मिलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *