सय करोड क्लबमा ‘भूलभूलैयाँ २’

१५ जेठ २०७९ ६:२४

बलिउड नायक कार्तिक आर्यन र नायिका कियारा आडवाणीको मुख्य भूमिका रहेको चलचित्र ‘भूलभूलैयाँ २’ करोड क्लबमा प्रवेश गरेको छ ।

यो चलचित्रले रिलिजको दोश्रो साताको शनिबार सय करोड क्लबलाई छोएको हो । दोश्रो हप्ताको शुक्रबार ६.५२, शनिबार ११.३५ करोडको व्यापार गर्दै चलचित्रले भारतीय बक्स अफिसमा १०९.९२ करोड कमाई गरेको छ । आज आइतबार यो चलचित्रको व्यापारमा अझै उछाल आउने निश्चित छ ।

चलचित्रले बक्स अफिसमा बम्पर कमाई गरेसँगै नायक कार्तिक आर्यनको स्टारडम पनि चम्किएको छ । बलिउडमा स्टार नायकहरुको चलचित्रले पानी भन्न नपाएको अवस्थामा कार्तिकको यो चलचित्रले भने सुखद कमाई गरेको हो ।
चलचित्रले डेढ सयको हारहारीमा व्यापार गर्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *