पोखराबाट जोमसम उडेको तारा एयरको जहाज दुर्घटनाग्रस्त

१५ जेठ २०७९ ५:५०

पोखराबाट जोमसमका लागि उडेको तारा एयरको ९ एन एईटी ट्विनअटर विमान सम्पर्कविहिन भएपछि खोजी कार्य तिव्र पारिएको छ । १९ जना यात्रु लिएर बिहान ९ बजेर ५५ मिनेटमा जहाज उडेको थियो । जहाजमा १९ यात्रु र ३ जना चालक दलका सदस्य छन् ।

सम्पर्कविहिन भएको जाहाज मुस्ताङको घाँसामा दुर्घटना भएको आशंकामा टोली त्यतातर्फ लागेको छ । स्थानीयले ठूलो आवाज सुनिएको र आगो बलेको देखेको बताएपछि टोलीले घाँसालाई केन्द्रित गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *