टिकटकमा फिल्मको क्लिप्स हाल्दा पाइरेसीको मुद्दा लाग्ला है

१४ जेठ २०७९ १३:५६

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘कबड्डी ४’को निर्माणपक्ष बम्पर व्यापार गर्दा पनि खुशी छैन । किनकी, यो चलचित्रका अधिकांश दृश्यहरु टिकटकमा पाइरेसी भैरहेको छ । हलमा चलचित्र हेर्न गएका दर्शकले मोबाइलबाट खिचेर भिडियो हालिदिदा चलचित्रको निर्माणपक्ष भने तनावमा पर्न पुगेको हो ।

हुनत, यसअगाडि पनि चलचित्र ‘म यस्तो गीत गाउँछु २, ए मेरो हजुर ४’ लगायतका चलचित्रको दृश्य टिकटकमा छ्याप्त छ्याप्ती भेटिएका थिए । यो बिषयमा दर्शक नै संवेदनशिल हुनुपर्ने देखिन्छ । चलचित्रको निर्माणपक्षले मात्र होइन, चलचित्र संघले समेत विज्ञप्ती नै निकालेर चलचित्रको क्लिप्सहरु टिकटकमा नराखिदिन आग्रह गरेको छ ।

चलचित्र हेरेर रमाइलो गर्न हलमा पुगेका दर्शकले एउटा सिंगो टिमको मिहिनेतलाई पनि विर्सन हुँदैन । चलचित्र हेरेर नेपाली चलचित्रलाई माया गरिरहेका दर्शकले टिकटकमा भिडियो हालेर चलचित्रकर्मीको मिहिनेतको खिल्ली उडाइरहेका छन् ।

यदि, निर्माणपक्षले पाइरेसीको मुद्दालाई अगाडि बढाउन चाहेको खण्डमा टिकटकमा भिडियो हाल्ने दर्शक समस्यामा पर्न सक्छन् । ‘कबड्डी ४’का लगि दर्शकसँग भेटघाटमा व्यस्त रहेका कलाकारहरुले पनि भिडियो नहालिदिन आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *