लण्डनमा ५ दिने फिल्म महोत्सव हुँदै, ३ दर्जन फिल्मीकर्मी सहभागी हुने

१४ जेठ २०७९ १३:२४

थर्ड आईको आयोजनामा बेलायतको राजधानी लण्डनमा ५ दिने ‘चलचित्र महोत्सव’ आयोजना हुने भएको छ । आज काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यो महोत्सवको नेपाल व्यवस्थापनको जिम्मा लिएको संगीक्षा फिल्मस्का अध्यक्ष मनोजक केसीले ५ दिनसम्म १० वटा चलचित्र प्रदर्शन गरिने जानकारी दिए ।

थर्ड आईका प्रमुख विकास देवकोटाको सक्रियतामा आयोजना हुन लागेको महोत्सवमा नेपालबाट करिब ३ दर्जन चलचित्रकर्मी, पत्रकार, विज्ञापनदाता तथा विभिन्न क्षेत्रका मानिसहरुको सहभागीता रहनेछ । मनोज केसीका अनुसार, महोत्सवको अन्तिम दिन चलचित्रकर्मीहरुलाई सम्मानित समेत गरिनेछ ।

यो महोत्सव भदौको अन्तिममा हुने आयोजकले जानकारी दिएको छ । यसका लागि तयारी समेत सुरु भैसकेको बताइएको छ ।

आयोजकले अब महोत्सवमा प्रदर्शन गरिने चलचित्रहरुको छनोट प्रक्रिया सुरु गरिएको बताएको छ । युट्युबमा नआएका, विभिन्न टेलिभिजन च्यानलबाट प्रशारण नभएका तर हलमा मात्र रिलिज भएका चलचित्रहरु मध्येबाट १० वटा चलचित्रलाई महोत्सवमा सहभागी गराइनेछ ।

कार्यक्रमको घोषणा सभा वरिष्ठ कलाकार निर शाह, नायिका करिश्मा मानन्धर, निरुता सिंह, नायक सरोज खनाल लगायतले शुभकामना दिएका थिए । कलाकार निर शाहले यस्तो खालका कार्यक्रमले नै विश्व बजारमा नेपाली चलचित्र पुग्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *