‘बाबरी’को टिजरमा धिरज र अदितीको प्रेम र झगडा(भिडियो)
१४ जेठ २०७९ १२:३५
सुरेन्द्र पौडेलको निर्देशनमा तयार भएको चलचित्र ‘बाबरी’को टिजर शनिबार युट्युबमा सार्वजनिक गरिएको छ । बिहिबारबाट हलमा सार्वजनिक गरिएको टिजरलाई निर्माणपक्षले आम दर्शकमाझ शनिबारमात्र रिलिज गर्यो । सार्वजनिक टिजरमा नायक धिरज मगर र नायिका अदिती वुढाथोकीलाई देख्न सकिन्छ । चलचित्रका अर्का नायक धिरज नाडकरलाई भने टिजरमा देखाइएको छैन ।
गणेश बुढाथोकी र पुष्पालता बुढाथोकीको लगानीमा बनेको यो चलचित्रमा सुष्मा गुरुङ सह–निर्माताको रुपमा छिन् । चलचित्रमा बादल भट्ट, कमलमणी नेपाल, उर्मिला बस्नेत, सुनिता श्रेष्ठ, नितेश गुरुङ, दिलिप गुरुङ लगायतका कलाकारको पनि अभिनय छ ।
सुरेन्द्र पौडेलकै सम्पादन रहेको चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, सिजन दाहाल, मनोज त्रिपाठी, रित बोहरा, किशोर नेपालको लेखन छ ।
चलचित्रको टिजरमा नायक धिरज मगरको गेटअप, बोली परिवर्तित देखिएको छ । अदिती वुढाथोकी र धिरजविचको प्रेम, झगडा, मित्रताको कथा टिजरमा देख्न सकिन्छ । धिरज नाडकरलाई नदेखाइएकाले पनि चलचित्रको ट्रेलरमा उनी सरप्राइज हुनेछन् भन्ने अपेक्षा गर्न सकिन्छ । यो चलचित्र भदौको ३१ गतेबाट रिलिज हुँदैछ ।