सुरक्षा र मेरो कान्सको यात्रा एउटै होइनः प्रियंका कार्की(भिडियो)

१३ जेठ २०७९ ११:४९

नायिका प्रियंका कार्कीले केही बर्ष अगाडि ‘कान्स फिल्म फेस्टिभल’मा पाइला राख्दा आलोचना धेरै भयो । कान्सको रेड कार्पेटमा प्रियंकाको उपस्थिती नभेटेपछि मिडियाले पनि उनको आलोचना गर्यो । प्रियंकाले विश्वकै प्रतिष्ठित फिल्म महोत्सवमा सहभागी हुन जानु अगाडि खुबै हल्ला गरिन् । उनले, रेड कार्पेटमा हिड्नका लागि आफूले खुबै तयारी गरेको पनि बताइन् । तर, उनले भने जस्तो केही पनि देखिएन ।

तर, यो बर्ष नायिका सुरक्षा पन्त भने ‘कान्स फिल्म फेस्टिभल’मा सहभागी भइन् । उनी, विश्वका चर्चित सेलिब्रिटीको साथमा रेड कार्पेटमा समेत उपस्थित भइन् । जसले, उनको चर्चा खुबै चुलियो । विश्वका विभिन्न मिडियामा समेत सुरक्षाको चर्चा भयो । रातो गाउनमा रेड कार्पेटमा पुगेकी सुरक्षाको चर्चा खुबै भयो ।

सुरक्षा र आफ्नो ‘कान्स फिल्म फेस्टिभल’को उपस्थिती एउटै प्रकारको नभएको प्रियंकाको भनाई छ । उनले भनिन्–‘हाम्रो उपस्थिती हुने तरिका एउटै होइन । म कुनै एक व्यक्तिको निमन्त्रणामा पुगेकी हुँ । सुरक्षा भने आफूले अभिनय गरेको चलचित्र नै नोमिनेशनमा परेकाले पुगेकी हुन् । यसैले, फरक त भैहाल्छ नी ।’

तर, उनले सुरक्षाको प्रशंसा भने गरिन् । नेपालमा चलचित्रको छायांकन गरेर कान्सको रेड कार्पेटमा सुरक्षा हिडेको देख्दा आफूलाई खुशी लागेको प्रियंकाले बताएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *