रामकृष्णको स्वरमा ‘म हराएँ मनमनैमा’ रिलिज

१३ जेठ २०७९ १०:२१

चर्चित गायक रामकृष्ण ढकालको स्वरमा समावेश ‘म हराएँ मनमनैमा’ बोलको गीतको भिडियो काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरियो । सन्तोष भट्टराइको शब्द रहेको गीतमा हरि लम्सालको संगीत छ ।

पर्यटकीय क्षेत्र मुस्ताङको रमणीय दृश्यमा छायांकन गरिएको भिडियोमा मोडल गरिमा शर्मा र दिपेश ढकालको रोमान्स हेर्न सकिन्छ । भिडियोमा गायक ढकाल पनि देखिएका छन् । दिपेशको यो पहिलो भिडियो हो । भिडियोलाई सुब्रत आचार्यले निर्देशन गरेका हुन् ।

कार्यक्रममा बोल्दै गायक ढकालले आफूले यो गीतलाई दोहोर्याएर धेरै पटक सुनेको बताए । विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन रहेको भिडियोको क्रियटिभ हेड जया शर्मा हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *