‘बाबरी’को टिजरमा धिरजको सरप्राइज दिने स्वर

१३ जेठ २०७९ ८:५१

अन्य चलचित्रको टिजर सार्वजनिक हुँदा कलाकारको गेटअप, अभिनय वा संवादले दर्शकलाई उत्साहित बनाउँछ । तर, भदौ ३१ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘बाबरी’को टिजरमा भने नायक धिरज मगरको संवाद बोल्ने शैलीले दर्शकलाई सरप्राइज दिएको छ ।

हुनत, टिजरको समाचार पढ्दै गर्दा तपाई युट्युबमा सर्च गर्न पुग्नुहोला । तर, अहिले नै यसको टिजर युट्युबमा हेर्न पाइने छैन । हलमा मात्र देखाइएको टिजरमा नायक धिरज मगरको स्वर नै परिवर्तन गरिएको छ । धिरजले आफ्नो गेटअप, अभिनयमा मात्र होइन आफ्नो संवाद बोल्ने शैलीमा समेत पुरै परिवर्तन गरेका छन् । जसलेगर्दा, चलचित्रको टिजर हेर्दा धेरैलाई उनको स्वर हो भन्ने नै पत्तो नलाग्न सक्छ । निर्देशक सुरेन्द्र पौडेलले भने धिरजलाई यसका लागि खुबै मिहिनेत गराएको बताए ।

चलचित्रको टिजरमा धिरजसँगै नायिका अदिती वुढाथोकीलाई देखाइएको छ । अदितीको गेटअप पहिलो चलचित्र ‘कृ’को भन्दा केही फरक छ । नेपाल र सिक्किमका रमणीय दृश्यमा खिचिएको चलचित्रले बक्स अफिसमा सुखद व्यापार गर्ने अपेक्षा गरिएको छ ।

लामो समयपछि धिरज र अदितीको चलचित्र रिलिज हुने क्रममा छ । त्यसमाथि धिरजको फरक स्टाइल र फेरिएको स्वरले दर्शकको ध्यान अवश्य खिच्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *