‘लण्डन टू पेरिस’मा साम्राज्ञी लिड हिरोइन, गरिमाको सह–नायिकामा इन्ट्री

१३ जेठ २०७९ ५:४१

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहने चलचित्र ‘लण्डन टू पेरिस’ निर्माणको घोषणा केही समय अगाडि भयो । साम्राज्ञी चलचित्रमा भएपछि नायक समेत छायामा पर्छन् भनिन्छ ।

एबी इन्टरनेशनलको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा अब निर्माणपक्षले सह–नायिकाको रुपमा मोडल गरिमा शर्मालाई अनुवन्धित गरेको छ । म्युजिक भिडियोमा असफल हुँदै गएकी गरिमाले यो चलचित्रमा अनुवन्धित भएपछि केही राहत भने भएको छ । तर, साम्राज्ञीको क्रेज र स्टारडमका अगाडि गरिमालाई सहज भने छैन ।

घनश्याम लामिछानेको निर्देशनमा तयार हुन लागेको यो चलचित्रको कान्तिपुर एकेडेमीमा वर्कशप चलिरहेको छ । चलचित्रको कथा, पटकथा तथा संवाद भने प्रदिप भारद्धाजले लेखेका हुन् । अमित बस्नेत, अजित कुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरेल निर्माता रहेको चलचित्रमा अजित सिंह सह–निर्माताको रुपमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *