‘कबड्डी ४’ रिलिज, २ करोड माथिको ओपनिङ गर्ने संभावना

१३ जेठ २०७९ ५:३२

बक्स अफिसमा सुनामी ल्याउँदै आजबाट प्रतिक्षित चलचित्र ‘कबड्डी ४’ रिलिज भएको छ । मल्टिप्लेक्समा अहिलेसम्मकै उच्च शो प्राप्त गर्दै रिलिज भएको यो चलचित्रले आक्रामक ओपनिङ समेत गरेको छ । चलचित्रले आज शुक्रबार २ करोड भन्दा माथिको व्यापार गर्ने संभावना देखिएको छ । डीसीएनका प्रमुख अशोक शर्माले पनि चलचित्रले २ करोड भन्दा माथिको व्यापार गर्ने आँकलन गरे ।

चलचित्रले ३ दिनमा साढे ६ करोडको ग्रस कलेक्शन गर्ने अपेक्षा वितरकको छ । रामबाबु गुरुङ निर्देशित चलचित्रलाई देशभरका हलले आफ्नो क्षमता अनुसारको सम्पूर्ण शो दिएका छन् । दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, बिजय बराल, वुद्दि तामाङ लगायतका कलाकारको मुख्य भूमिका रहेको यो चलचित्र विरकाजीको बिहेको वरिपरी नै घुमेको छ ।

अघिल्ला ३ श्रृङख्ला भन्दा केही सुस्त लाग्ने यो फिल्म मिरुनालाई पाउनका लागि दया र सौगातले खेलेको कबड्डीमा आधारित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *