विरकाजीकै बिहेको वरिपरी घुमेको ‘कबड्डी ४’, प्रिमियरमा कसले के भने ?

१२ जेठ २०७९ १८:३५

आजबाट रिलिजमा आउन लागेको चलचित्र ‘कबड्डी ४’को बिहिबार बेलुकी काठमाडौंको बीग मुभिजमा भव्य प्रिमियरको आयोजना गरिएको छ । रामबाबु गुरुङ निर्देशित चलचित्रको प्रिमियरमा चलचित्रकर्मी, पत्रकार, व्यापारी तथा विभिन्न पेशामा आवद्ध व्यक्तिहरु पुगेका थिए ।

बीग मुभिजको तीनै पर्दा बुक गरेर आयोजना गरिएको प्रिमियरमा ५ सय भन्दा बढी मानिसहरुको उपस्थिती थियो । ‘कबड्डी’ सिरिजको अन्तिम चलचित्र भनिएकाले पनि दर्शकले यो चलचित्रलाई प्रतिक्षामा राखेका छन् । आजबाट रिलिज हुने चलचित्रले आक्रामक व्यापार गर्ने पक्का छ ।

चलचित्र हेर्न पुगेका अधिकांश चलचित्रकर्मीले यसको अघिल्लो सिरिज जस्तै यो पनि उत्कृष्ट बनेको बताए । यसपटक विरकाजीको बिहेकै वरिपरी कथा घुमेको छ । यसअगाडि चलचित्रमा निर्देशकले राजनीतिक खिचातानीलाई समेत स्थान दिएपनि यसपटक भने विरकाजीको बिहेको प्रशंगमै चलचित्र सकेका छन् ।

चलचित्र हेरिसकेपछि कसले के भने, हामीले यहाँ भिडियोमा प्रस्तुत गरेका छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *