पल शाहको मुद्दाको सुनुवाई फेरि सर्यो

१२ जेठ २०७९ ५:२३
  • नायक पल शाहको मुद्दामा आज हुने भनिएको सुनुवाई फेरि सरेको छ । उच्च अदालत पोखरामा पल र उनका म्यानेजर कृष्ण जोशीको मुद्दाको सुनुवाई आज हुँदै थियो । तर, बेञ्च परिवर्तन भएपछि यो साताका लागि सुनुवाई स्थगीत भएको वुझिएको छ ।

जिल्ला अदालत तनहुँले धरौटीमा रिहा गर्न अस्विकार गर्दै पललाई थुनामा राख्न आदेश दिएको थियो । जिल्ला अदालतको फैसला चित्त नवुझेको भन्दै पलका वकिलले उच्च अदालतमा धरौटीमा रिहाको माग गर्दै निवेदन दिएका थिए । तर, उच्च अदालतको सुनुवाई गत साता पनि स्थगीत भएको थियो । अब, अर्को साताको बिहिबार मात्र यो मुद्दामा सुनुवाई हुनेछ ।

एक नाबालिक गायिकाले आफूलाई पलले जर्बजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यलय, तनहुँमा किटानी जाहेरी दिएकी थिइन् । त्यसपछि पलले प्रहरीसमक्ष आत्मसर्मपण गरेका थिए । फागुणको १५ गते प्रहरीसमक्षम आत्मसर्मपण गरेका पललाई आज धरौटीमा रिहा गर्ने वा नगर्ने भन्ने बिषयमा फैसला आउने अपेक्षा गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *