एमालेले चुनाव हारेका दोष लागेपछि करिश्माको आक्रोश

१२ जेठ २०७९ ५:१५

नायिका करिश्मा मानन्धरले सामाजिक संजाल र केही मिडियामा नेकपा एमालेको स्थानीय निकायको निर्वाचन आएको कमजोर परिणामको दोष आफूमाथि लागेपछि आक्रोश व्यक्त गरेकी छिन् ।

उनले सामाजिक संजालमा लेखेकी छिन्–‘जिवनमा कसैको नराम्रो चिताएको छैन । कसैको नराम्रो गरेको पनि छैन । सके बरु आफूसँग भएको बाँडेको छु । यत्रो बर्ष चलचित्र क्षेत्रमा काम गरेर देश र जनतालाई पस्किए । कुनै चलचित्र चले, कुनै चलेनन् । तर, कहिले यस्तो तल्लो स्तरको टिप्पणी भोग्नु परेन । राजनीतिमा कुनै गलत अभिप्रायले पाइला राखेको पनि होइन । मलाई जीवनभर पुग्ने सबै मसँग छ । सबैको आवाज बन्न सकुँ, उहाँहरुको लागि केही गर्न सकुँ भनेर नै हो ।’

उनले, कसैको पनि मानसिकतालाई पीडा दिने शब्द प्रयोग गर्ने अधिकार कसैलाई नभएको बताउँदै कानुनी उपाय खोज्ने चेतावनी समेत दिएकी छिन् । करिश्मा अगाडि लेख्छिन्–‘हो, एक दुई पटकसम्म सहनु ठीक छ । तर, बारम्बार गर्दा अति हुन्छ । के आधारमा यो गाली गर्दै हुनुहुन्छ तपाइहरु मलाई । बिहान उठेर फोन हेर्नासाथ यहाँहरुको जे पायो त्यही भनाई हेर्नु पर्ने ? राम्रो सोच्नुहोस्, राम्रो बोल्नुहोस्, राम्रो हुन्छ ।’ उनले मिडियालाई पनि तथ्य समाचार लेख्न सुझाव दिएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *