पहिले फिल्मीकर्मीलाई नितीले टेरिनन्, अब नितीलाई फिल्मीकर्मीले के गर्लान् ?

११ जेठ २०७९ १५:४७

कुनै समय थियो, मोडल निती शाहलाई चलचित्रमा खेलाउन निर्माताहरुले राम्रै पापड पेले । उनलाई चलचित्रमा अभिनय गराउनका लागि देशकै ठूला ब्यानरले अफर गरे । तर, नितीले भने चलचित्रमा काम नै नगर्ने अडान कसिन् । उनलाई चलचित्रमा अभिनय गराउन निर्माताले सकेनन् । बरु, उनले केही विज्ञापनमा भने अभिनय गरिन् ।

तर, अब भने निती शाहको मन बदलिएको छ । मन बदलिएपछि निती चलचित्रमा अभिनय गर्ने सोचका साथ अगाडि बढेकी छिन् । यसका लागि उनले म्यानेजरको रुपमा निराजन गिरीलाई अनुवन्धित गरेकी छिन् । निराजनले यसअघि नायक भूवन केसी, अनमोल केसी र नायिका निरुता सिंहको म्यानेजरको रुपमा काम गरिसकेका छन् ।

निराजनले पनि नितीले अब चलचित्रमा काम गर्ने पुष्टी गरेका छन् । यसका लागि उनले आफ्नो फोन नम्बर समेत सामाजिक संजालमा उपलब्ध गराएका छन् । पहिले चलचित्र क्षेत्रले खोज्दा नितीले टेरिनन् । अब, नितीले खोज्दा उनलाई चलचित्र क्षेत्रले टेर्छ या टेर्दैन, हेर्न बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *