जन्मदिनमा करणले घोषणा गरे एक्सन फिल्म

११ जेठ २०७९ १५:३५

नायक करण जोहरले आफ्नो ५० औं जन्मदिन मनाए । वुधबारबाट ५० औं बर्षमा लागेका करणले आफू नजिकका सेलिब्रिटीको साथमा पार्टीको समेत आयोजना गरेका थिए ।

आफ्नो जन्मदिनको अवसर पारेर करणले नयाँ चलचित्रको समेत घोषणा गरेका छन् । करण विगत केही महिनादेखि नायक रणवीर सिंह र नायिका आलिया भट्टको साथमा ‘रक्की और पिंकी कि प्रेम कहानी’ निर्देशन गरिरहेका छन् ।

यो चलचित्रपछि एक्सन चलचित्र निर्देशन गर्ने घोषणा करणले गरेका छन् । उनका अनुसार, यो चलचित्रको छायांकन आउँदो बर्षको अप्रिलबाट सुरु हुनेछ ।

करणले आफू बलिउडमा २७ बर्षदेखि काम गरिरहेको भन्दै नयाँ चलचित्रलाई पनि सबैको आर्शिवाद मिल्ने बताएका छन् । करणको निर्देशनमा बनिरहेको चलचित्र ‘रक्की और पिंकी कि प्रेम कहानी’ सन् २०२३ को फ्रेबुअरी १० बाट रिलिज हुँदैछ ।

करणले चलचित्र निर्देशनमा आफूले समय लिने गरे पनि अब त्यसरी काम नगर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *