के आँचलले यसअघि आफूलाई नायिका महशुश गरेकी थिइनन् ?

११ जेठ २०७९ १५:११

नायिका आँचल शर्माले निर्देशक मिलन चाम्सको चलचित्रमा काम गर्दैछिन् । यो चलचित्रको आज विशेष कार्यक्रमको आयोजना गर्दै घोषणा गरिएको छ । घोषणा कार्यक्रमलाई भव्य बनाउन मिलनले कुनै कसर बाँकी राखेनन् । कार्यक्रममा आँचल पनि निक्कै राम्री भएर पुगेकी थिइन् ।

कार्यक्रमको भव्यता देखेर आँचल छक्क परिन् । यसैले, उनले भनिन्–‘मैले आज बल्ल आफू हिरोइन भएको महशुश गर्दैछु ।’ आँचलको यो भनाइलाई धेरैले विभिन्न कोणबाट वुझे । के आँचलले यस अगाडि आफू हिरोइन हुँ भन्ने नै महशुश गरेकी थिइनन् त ?

आँचलले भने आफूले त्यो अर्थमा नभनेको बताइन् । उनले भनिन्–‘मैले त्यो अर्थमा भन्न खोजेको नै होइन । थुप्रै कार्यक्रममा पुगेपनि यति भव्य कार्यक्रम मैले यस अगाडि देखेको थिइनँ । यसैले, यस्तो महशुश गरेको हुँ भन्न मात्र खोजेको हुँ ।’
आँचलले यो चलचित्रका लागि भनेरै आफ्नो तौल घटाएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *