वनको मुद्दामा तयार भएको ‘दोख’ असार २४ बाट रिलिज हुने

११ जेठ २०७९ १४:४१

अनुप बरालको निर्देशनमा तयार भएको चलचित्र ‘दोख’ असारको २४ गतेबाट रिलिज हुने भएको छ । निर्माण भएको केही बर्ष भएपनि यो चलचित्र रिलिज हुन पाएको थिएन । चलचित्रको फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति पनि तय गरिएको छ । यो चलचित्रले सामुदायिक वनको मुद्दालाई लिएर दुइवटा गाउँविच हुने झगडाको कथालाई उठान गरेको छ । वन आफ्नो बनाउन गाउँमा फुटबलको खेल समेत हुन्छ ।

तर, द्धन्द्धका कारण गाउँमा यूवाहरु नभएकाले फुटबल खेल्ने कोही नभएको कथालाई यो चलचित्रले मार्मिक रुपमा देखाएको छ । चलचित्रका निर्माता मनोज अधिकारीले चाडै नै यसको टिजर सार्वजनिक गर्ने बताए । शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहेको यो चलचित्रमा राजन कटैतले कथा लेखेका हुन् ।

चलचित्रमा दिया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दिभ, कमल देवकोटा, सजन थापामगर लगायतको अभिनय छ । चलचित्रमा आभाष र पुष्प संगमको संगीत छ । सविन ज्ञवाली र मनोज अधिकारीले मिलेर बनाएको चलचित्रमा भीम न्यौपाने, ओम गुरुङ, रन्जु वाग्ले कार्यकारी निर्माताको रुपमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *