रामबाबुले गरे ‘कबड्डी ५’ बन्ने संकेत

१० जेठ २०७९ १४:२५

शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘कबड्डी ४’ले बक्स अफिसमा बम्पर ओपनिङ गर्ने पक्का देखिएको छ । मल्टिप्लेक्समा उच्च शो पाएको चलचित्रले शुक्रबार आक्रामक व्यापार गर्ने निश्चित जस्तै छ ।

यो चलचित्रलाई ‘कबड्डी’ सिरिजको फाइनल म्याच बताइएको छ । अर्थात, निर्देशक रामबाबु गुरुङले ‘कबड्डी ४’पछि यही नाममा सिरिज नबनाउने बताएका थिए ।

तर, आज आयोजना गरिएको पत्रकार सम्मेलनमा भने यसको अर्को सिरिज बन्नेतर्फ पनि गुरुङले संकेत गरेका छन् । के ‘कबड्डी’ सिरिजको अन्तिम चलचित्र नै ‘कबड्डी ४’ हो त ? पत्रकारको प्रश्नमा उनले भने–‘मलाई पाँचौ सिरिज बनाउन मन छैन । तर, बन्दैन भन्ने होइन । किनकी, यो खेल सकिएपनि अर्को खेल सुरु हुन सक्छ ।’

निर्माता मणिराम पोखरेलले अनौपचारिक कुराकानीमा २ बर्षपछि यसको नयाँ सिरिज बन्ने संकेत गरे । अर्थात, काजीको बिहेको गोलचक्करमा रुमल्लिएको ‘कबड्डी’को कथा सकेर यही नाममा पाँचौ सिरिज बन्ने संकेत निर्देशकका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *