सौगात र सलोनको लडाइमा ‘घनचक्कर’

१० जेठ २०७९ १४:१६

असारको १० गतेबाट रिलिज हुन लागेको नेपाली चलचित्र ‘घनचक्कर’को टिजर सार्वजनिक गरिएको छ । आज आयोजना गरिएको पत्रकार सम्मेलनमा कमेडी र द्धन्द्ध मिश्रित चलचित्रको ट्रेलर सार्वजनिक भएको हो । भट्ट एण्ड सन्स प्रोडक्शन प्रा.लिको ब्यानरमा तयार भएको यो चलचित्रमा करुणा अर्याल र संगम भट्टको लगानी छ । चलचित्रलाई जितेन्द्र राजोपाध्यायको निर्देशन छ ।

यो चलचित्रमा सौगात मल्ल, सलोन बस्नेत, जे.बी डीसी, शिशिर भण्डारी, आशान्त शर्मा, कृष्णभक्त महर्जन, प्रवन भुषाल, जनक घर्ती मगर, ममता प्रधान लगायतका कलाकारको अभिनय छ ।

चलचित्रमा सौगात र सलोनविचको लडाइलाई देखाइएको छ । चलचित्रमा काजी लिम्बुको पटकथा तथा संवाद, सुशान्त प्रजापतिको छायांकन, प्रदिप श्रेष्ठ, साइमन राजबंशीको कोरियोग्राफी, मित्र डी गुरुङको सम्पादन, देव कोइमी, विपिन आचार्य, विजेन श्रेष्ठको संगीत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *