अपेक्षा अनुसार टिकट विक्री नभएपछि रोकियो सलमानको कन्सर्ट

१० जेठ २०७९ १४:०५

बलिउडका सुपरस्टार नायक सलमान खानको शनिबार बेलुकी काठमाडौंको दशरथ रंगाशालामा हुने भनिएको कन्सर्ट अन्तिम समयमा आएर स्थगीत भएको छ ।

आयोजक संस्था ओडिसी इन्टरटेन्मेन्टले कार्यक्रम स्थगीत भएको जनाएको छ । सलमानको यो कार्यक्रम यस अगाडि पनि स्थगीत भएको थियो । यसपटक पनि सलमान आउने कार्यक्रम स्थगीत भएपछि उनका फ्यानहरु निराश भएका छन्् ।

ओडिसीका प्रमुख सिमान्त गुरुङले स्थानीय निर्वाचनका कारण टिकट विक्रीमा प्रभाव परेको र पानी पर्ने मौसम सुरु भएका कारण कार्यक्रम स्थगीत गर्नु परेको बताएका छन् ।

साथै, उनले चाडै नै नयाँ मिति तय गरिने समेत जानकारी दिएका छन् । उनले, चुनावका कारण टिकट सोचे अनुसार विक्री नभएको पनि बताएका छन् । कलाकारहरुको पारिश्रमिक, लाइट, साउण्ड र स्टेज व्यवस्थापनका लागि ८ करोड भन्दा बढी खर्च भैसकेको उनको भनाई छ । सलमानले यो कार्यक्रममका लागि ४ करोड ८० लाख पारिश्रमिक लिएका छन् । यो कार्यक्रम एक दर्जन भन्दा बढी कलाकारले प्रस्तुति दिदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *