‘प्रेमगञ्ज’मा बेनिशाको आकर्षक आइटम, ‘तरबार’ बोलको गीतमा खुलिन् नायिका

१० जेठ २०७९ ९:४५

भदौ ३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘प्रेमगञ्ज’को नयाँ गीत सार्वजनिक भएको छ । ‘तरबार’ बोलको गीतमा नायिका बेनिशा हमालले हट आइटम नृत्य गरेकी छिन् । बेनिशाको यो आइटमले धेरैलाई आश्चर्यमा पारेको छ । किनकी, यसअगाडि यस्तो हट अवतारमा आकर्षक आइटम नगरेकी बेनिशाले पहिलो पटक आफूलाई फरक तरिकाले प्रस्तुत गरेकी हुन् ।

राजु फुयाँलको प्रस्तुतिमा तयार भएको चलचित्रको यो गीतमा पुरुषोत्तम ढुंगेलको शब्द, किरण भुषालको संगीत र दिक्षा थापा र सुरजशाही ठकुरीको स्वर छ । यो गीतको भिडियोमा संजय लामाको छायांकन, द वाइल्ड रिपर्ज क्रुको कोरियोग्राफी छ । गीतको भिडियो उत्कृष्ट छ । बेनिशाले नृत्यलाई आकर्षक बनाउन कुनै कसर बाँकी राखेकी छैनन् ।

 

परिच्छेद सेनको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा किरण गुरागाँई, रेश्मा थापा, राजेश सुवाल, गणेश भण्डारी, धु्रव राज घिमिरेको लगानी छ ।

अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रमा बेनिशा हमाल, तेज गिरी, सम्पदा बाँनिया, सुप्रिया खनाल, राइडर प्रशान्त, सिम्रन खड्का, सुरक्षा पन्त, पवन भट्टराई लगायतका कलाकारको मुख्य भूमिका छ । अर्जुन जीसीको सम्पादन रहेको गीतको भिडियोले चलचित्रलाई लिएर दर्शकमा उत्साह थप्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *