बालेनलाई बोर्ड अध्यक्षको आग्रहः ‘स्थानीय कर हटाइदिनुहोला’

९ जेठ २०७९ १२:३६

काठमाडौं महानगरपालिकाको मेयर पदको मतगणना जारी छ । तर, स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले अन्य प्रतिस्पर्धीलाई ठूलो मतान्तरले पछि पारेको अवस्था छ । यसैले, उनलाई नै काठमाडौं महानगरको भावी मेयरको रुपमा हेर्न थालिएको छ ।

आज आयोजना भएको चलचित्र ‘चिसो मान्छे’को पत्रकार सम्मेलनमा पुगेका बालेनलाई यो चलचित्रका कलाकारदेखि चलचित्र विकास बोर्डका अध्यक्षसम्मले अपेक्षा र आशाका कुरा सुनाए ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले बालेनसँग भने–‘नेपाली चलचित्रमाथि लाग्दै आएको स्थानीय कर हटाइदिनुहोला । तर, त्यो कर चलचित्रका निर्माताको शेयरमा जाने गरि हटाइदिनुहुन म आग्रह गर्दछु । यसो भयो भने नेपाली चलचित्रका निर्मातालाई ठूलो फाइदा मिल्नेछ ।’

उनले, काठमाडौं महानगरको मेयरमा विद्यासुन्दर शाक्य हुँदादेखि नै आफूले यी बिषयहरु उठाएर सुझाव पेश गरेको तर कार्यान्वयन नभएको बताए । दयारामले बालेनसँग चलचित्रको प्रचारका लागि हरेक वडामा २ स्थानमा डिजिटल होडिङबोर्ड राख्ने प्रवन्ध मिलाइदिन पनि आग्रह गरेका छन् ।

कार्यक्रममा बालेन शाहले नेपाली चलचित्र मात्र नभएर कला क्षेत्रको विकास र विस्तारका लागि आफूले काम गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *