बक्स अफिसमा कंगनाको फिल्म फ्लप, चम्किए कार्तिक

९ जेठ २०७९ ६:०३

बलिउडमा आफ्नो अभिनय छविका कारण चर्चामा रहेकी नायिका कंगना रनावतको छवि विगत केही बर्षदेखि फेरिएको छ । उनी हिट चलचित्र भन्दा पनि विवादित बयानका कारण चर्चामा छिन् । उनै, कंगनाको विवादित छविले उनको करिअरमा ठूलो असर पारिरहेको छ । उनी, अभिनित चलचित्र बक्स अफिसमा निरन्तर असफल देखिएका छन् ।

कंगना अभिनित पछिल्लो चलचित्र ‘धाकड’ बक्स अफिसमा सुपर फ्लप भएको छ । यो चलचित्र बक्स अफिसमा नराम्रोसँग पछारिनुको पछाडि यसको पटकथालाई मानिएको छ । दर्शकले कंगनाको यो चलचित्रलाई स्विकार नगर्दा नायक कार्तिक आर्यन र नायिका कियारा आडवाणी अभिनित चलचित्र ‘भूल भूलैयाँ २’ले भने बक्स अफिसमा उछाल नै ल्याएको छ । यो चलचित्रले ३ दिनमा ५५ करोडको ग्रस कलेक्शन गर्दै व्यापारमा नयाँ उछाल ल्याएको हो ।

योसँगै विकेन्डमा कार्तिक अभिनित सर्वाधिक कमाउने चलचित्रको रेकर्ड समेत यो चलचित्रको नाममा गएको छ । आइतबार मात्र यो चलचित्रले २३ करोड भन्दा माथिको व्यापार गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *