फिल्म छाडेपछि म्युजिक भिडियोमा सारा सिर्पाली

८ जेठ २०७९ ९:४७

नायिका सारा सिर्पालीले धेरै म्युजिक भिडियोमा काम गरेकी छैनन् । उनले अभिनय गरेका म्युजिक भिडियो सुपरहिट पनि छैनन् । म्युजिक भिडियोबाट केही समयका लागि ब्याक भएकी सारा चाडै नै र्यापर जी बबसँग ‘फाइनल्ली भेटियो’ बोलको गीतमा देखिदैछिन् । यो गीतको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका छन् ।

साराले चलचित्र ‘हनी बनी’ छायांकन गरेपछि म्युजिक भिडियोमा काम नगर्ने भनेर बसेकी थिइन् । तर, उनको बेलायतको भिसा लागेन । बेलायतको भिसा नलागेपछि साराले चलचित्र छाड्नुपर्यो । यसपछि, उनी भिडियोमा लोभिएकी हुन् । साराका अनुसार, उनी लोभिनुको अर्को कारण र्यापर जी बब पनि हुन् । जी बब यूवापुस्तामाझ सर्वाधिक लोकप्रिय छन् ।

ट्रि इन्टरटेन्मेन्टले महंगो रकम दिएर जी बबसँग सहकार्य गरेको छ । साराले चलचित्रमा सफलता पाउन सकिरहेकी छैनन् । जी बबसँगको उनको सहकार्य सफल हुन्छ या हुँदैन हेर्न बाँकी छ । भिडियोमा डेलविस पनि देखिदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *