सुहानाले पुरा गरिन् ग्रयाजुएसन(भिडियो रिपोर्ट)

८ जेठ २०७९ ९:०९

नायिका सुहाना थापा पढाईमा पनि अब्बल छिन् । नेपाली चलचित्र क्षेत्रमा अध्ययन गरेका कलाकार आउँदैनन् भन्ने सोचाइलाई विस्तारै पछिल्लो पुस्तामा उदाएका कलाकारले चिरिरहेका छन् ।

नायिका सुहाना थापाले अमेरिकामा रहेर मनोविज्ञान बिषयको अध्ययन गरिरहेकी थिइन् । उनै, सुहानाले मनोविज्ञान बिषयमा ग्रयाजुएसन पुरा गरेकी छिन् । सुहानाले अध्ययन पुरा गरेपछि उनी आफूले अध्ययन गरेको कलेज मेसन यूनिभर्सिटीबाट दिक्षित समेत भएकी छिन् ।

सुहानाकी आमा झरना थापा र पिता सुनिलकुमार थापाले खुशी साटेका छन् । सुहानाको दिक्षान्त समारोहका लागि केही दिन अगाडि थापा परिवार अमेरिका उडेको थियो । चलचित्र ‘ए मेरो हजुर ४’को प्रचारका क्रममा पनि सुहानाले मनोविज्ञानको कुरा गरेकी थिइन् । सुहानाको तार्किक क्षमताका कारण उनको प्रशंसा समेत भएको थियो ।

‘ए मेरो हजुर ३ र ए मेरो हजुर ४’ बम्पर व्यापार गरेपछि सुहानाको क्रेज समेत चम्किएको छ । उनै, सुहाना चाडै नै ‘भागवत गीता’को छायांकनमा समेत जोडिनेछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *